Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

गौरादह,३१ साउन । देशमा महिला, बालबालिका तथा वृद्ध महिलाहरु माथि अमानवीय हिंसाका अपहरण, बेचविखन तथा बलात्कार, कुटपिट गरि हत्या सम्म गर्ने लगायतका जघन्य अपराधका घटनाहरु बढिरहेको भन्दै युवा संघ तथा अनेरास्ववियु झापा जिल्ला कमिटी महिला विभागले संयुक्त रुपमा आज गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहलाई ध्यानाकर्षण गराएका छन् ।

ध्यानकर्षण पत्रमा महिला बालबालिका तथा वृद्ध महिलाहरु माथि भइरहेको अपहरण, बेचविखन तथा बलात्कार, कुटपिट हत्या, हिंसाको विरुद्धमा कडा भन्दा कडा कार्वाही गर्न कानुन निर्माण गरिनुपर्ने, लैंगिक हिंसाका घट्नाहरुको अनुसन्धान तथा कार्वाहीको लागि दु्रत प्रणालीका व्यवस्था गरिनुपर्ने , स्थानीय तहबाटै महिला हिंसा अन्त्य गर्नका लागि महिला शसक्तिकरणका विभिन्न अभियानहरु अविलम्ब संचालन गरिनुपर्ने, अपराधको छानबिन चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्ने साथै स्थानीय तहहरुलाई महिलामैत्री एवम् महिला हिंसा सुनुवाई डेस्कको स्थापना गरिनुपर्ने  माग पत्रमा समाबेस गरिएको छ ।
युवा संघ झापा जिल्ला कमिटि महिला विभाग प्रमुख निर्मला आचार्यले ३३ प्रतिशत महिला अधिकारमा बृद्धी तथा सत् प्रतिशत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बतइन् ।

ध्यानकर्षण पत्र बुझ्दै नगर प्रमुख शाहले महिला माथि हुनेगरेका हिंसाहरुको अन्त्य गर्न जरुरी रहेको तथा नगरपालिकाले यस तर्फ यथाशिघ्र कदम चाल्ने बताए । नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी न्याय सम्पादन गर्ने कुरामा नगरपालिका तयार रहेको बताए । महिला माथि हुने गरेका जघन्य अपराध र घरेलु हिंसालाई न्यूनिकरण गर्न महिलाहरु सक्षम हुनुपर्ने र कहीं त्यस्तो समस्या आइपरेमा सम्बन्धित निकायमा जानकारि गराउन आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया