Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

२६, जेठ २०७७
वासिङ्टन, एजेन्सी । विश्व जिम्नास्टिक च्याम्पियनसिपमा पहिलो पटक स्वर्ण दिलाउने अमेरिकी पूर्व खेलाडी कुर्ट थोमसको निधन भएको छ । थोमसको ६४ बर्षको उमेरमा मुटुको रोगबाट निधन भएको जनाएको छ ।

सन् १९७६ को मोन्ट्रेयल ओलम्पिक खेलेका उनले १९७८ को फ्रान्समा भएको विश्व जिम्नास्टिक च्याम्पियनसिपमा अमेरिकालाई पहिलो पटक स्वर्ण पदक दिलाएका थिए । त्यसपछि १९७९ मा टेक्सासमा भएको च्याम्पियनसिपमा पनि उनले स्वर्ण जितेका थिए ।

उनले अमेरिकन कपको उपाधि पनि तीन पटक जितेका छन्। थोमसले गरेको योगदानको कदर गर्दै सन् २००३ मा उनलाई ‘हल अफ फेम’ बाट सम्मान गरिएको थियो ।

सन् १९८० पछि खेलाडी जीवन छाडेका उनले त्यसपछि पाँच बर्ष चलचित्रमा काम गर्नुका साथै टेलिभिजनमा समेत कमेन्टेटर बनेका थिए ।

तपाईको प्रतिक्रिया