Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

११ जेष्ठ २०७७, आईतवार
वासिङ्टन, एजेन्सी । दुई पटकका ओलम्पिक स्वपर्णपदक विजेता तथा बास्केटबलका हल अफ फेम खेलाडी प्याट्रिक ईविङ्गलाई कोरोना संक्रमण देखिएको छ।

प्याट्रिकले आफूलाई कोरोना भएको जानकारी गराउँदै अहिले उपचारका निम्ति अस्पतालमा भर्ना भएका छन् । उनी जर्जटाउन विश्वविद्यालयको बास्केटबल प्रशिक्षक समेत हुन् ।

लिजेण्डरी प्याट्रिकले जर्जटाउनबाट खेल्दै सन् १९८४ मा च्याम्पियनसिप जितेका थिए भने २०१७ मा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका हुन् ।

५७ वर्षीय प्याट्रिकले कोरोनाको संक्रमणलाई आफूले हल्का रुपमा नलिएको र सबैलाई सचेत र सुरक्षित रहन समेत अपिल गरेका छन् । उनले अस्पतालबाटै अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाईको प्रतिक्रिया