Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

११ जेठ, २०७७ आईतबार
लन्डन, एजेन्सी । ईङ्गलिश प्रिमियर लिग (ईपीएल) का दुई जनामा कोरोना संक्रमण फेला परेको छ । ईङ्गलिश प्रिमियर लिग पुनः सुचारु गर्ने योजना बनिरहँदा थप दुई जनामा कोरोना फेला परेका हो । गत मंगलबार देखि शुक्रबारसम्म क्लबहरुका ९ सय ९६ खेलाडी तथा स्टाफहरुमा गरिएको कोरोनाको परिक्षणमा दुई जना कोरोनाबाट संक्रमित फेला परेको लिग कमिटीले जनाएको हो ।

ईपीएल कमिटीले क्लबका दुई जनामा संक्रमण फेला परेको बताएपनि खेलाडी अथवा स्टाफमध्ये कसलाई संक्रमण भएको भन्ने खुलाएको छैन । ती दुवैलाई ७ दिनका लागि आईसोलेसनमा राखिएको कमिटीले विज्ञप्तिमा उल्लेख गरेको छ । मे १९ मा कमिटीले पहिलो चराण्को परिक्षणमा ३ वटा क्लबका ६ जनामा कोरोना देखिएको बताएको थियो ।

पहिलो चरणमा वाट्फोर्डका एड्रिएन मारिआप्पा र बर्नलेका सहायक प्रशिक्षक ईयान वआनको नाम खुलाईए पनि खेलाडीहरुको नाम भने सार्वजनिक गरिएको थिएन । पहिलो चरणको परिक्षण मे १७ र १८ तारिखमा गरिएको थियो । गत मार्चदेखि स्थगित प्रिमियर लिगमा ९२ खेलहरु बाँकी रहेका छन् । ईपीएल कमिटीले जुन महिनाबाट प्रिमियर लिग पुनः सुचारु हुन सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया