Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बिहीबार, २५ वैशाख, २०७७

एजेन्सी । कोरोना महामारीका कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने भएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेसंगै आज जर्मन फुटबल लिगले मिति घोषणा गर्ने बताईएको छ ।

तर, लिगका बाँकी खेल बन्द रंगशालामा दर्शक बिना खेलाइने छ । गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो ।

कोरोना महामारी कम हुँदै गएपछि लिग फेरि गर्ने तयारी गरिएको हो । योसँगै महामारीका कारण स्थगित लिग सुचारु हुने बुन्डेस लिगा पहिलो लिग हुने भएको छ ।

यो सिजन ५५ अंक सहित वायर्न म्युनिख शीर्ष स्थानमा छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५१ अंक छ ।

तपाईको प्रतिक्रिया