Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
२५ साउन ०७५  हामीमध्ये धेरैसँग ल्यापटप छ । आफूले चाहेको स्थानमा सजिलै पुर्याउन सकिने भएकाले यसको प्रयोग बढ्दो छ । यसले हामो कामलाई निकै सजिलो पनि बनाएको छ । तर तनाब त्यतिबेला हुन्छ जब समस्या समाधानमा लागि प्रयोग गरिने ल्यापटप आफैं तनावको कारण बन्ने गर्छ । ल्यापटपको सबैभन्दा खराब पक्ष भनेको यो ‘स्लो’ हुन्छ । तपाईंको बजेटमा आउने ल्यापटपको स्पिड किनेको केही महिनाभित्रै स्लो हुन्छ । आज हामी तपाईंलाई यस्ता टिप्सबारे जानकारी दिँदै छौं जसमार्फत् यो समस्याबाट राहत प्राप्त गर्न सकिन्छ ।
हाई ड्राइभलाई क्लिन गर्नुहोस् ः
ल्यापटपको स्पिड कम हुनुको सबैभन्दा ठूलो कारण त्यसमा भएका अनावश्यक डेटाले इन्टरनल स्टोरेज ओगट्नु हो । तपाईं धेरैजसो डेटा कपी गरेर वा एप्स डाउनलोड गरेर ब्याकअपको रुपमा आफ्नो ल्यापटपमा सेभ गर्नुहुन्छ । त्यसपछि यसलाई बिर्सनु हुन्छ । WinDirtStart (https://windirstat.net) र (https://windirstat.net) को प्रयोग गरेर यो समस्यालाई सुल्झाउन सकिन्छ । दुबैले तपाईंको ल्यापटपको मेमोरी स्टोरेजको अनुसन्धान गर्दछ । यसले तपाईंका कुन–कुन फाइलले ल्यापटपको कति स्पेस ओगटेको छ भन्ने जानकारी दिन्छ । त्यसपछि तपाईंले छानीछानी डेटा वा एप्सलाई डिलिट गर्न सक्नुहुन्छ । तपाईं वैकल्पिक रुपमा Glary Utilities (www.glarysoft.com) को प्रयोग पनि गर्न सक्नुहुन्छ । यसले डुप्लिकेट फाइल खोज्न र त्यसलाई हटाउन सहयोग गर्दछ ।
विन्डोज अपडेट इन्स्टल गर्नुहोस्
माइक्रोसफ्टले समय–समयमा विन्डोज ओएसका लागि अपडेट्स रिलिज गर्ने गर्दछ । धेरैजसो प्रयोगकर्ताले यसको वास्तै गर्दैनन् किनभने अपडेट्सको डाउनलोडिङ साइज निकै ठूलो हुन्छ । यद्यपी, यस्तो गर्नु सही होइन । यी अपडेट्स ल्यापटपका लागि आवश्यक छ । यो अपडेट ल्यापटपका लागि महत्वपूर्ण सिक्योरिटी र परफर्मेन्स प्याचसहित आउँछ । जब तपाईंलाई अपडेट स्टेबल भएको लाग्छ तब ओएस अपडेट गर्नुपर्छ ।
सेक्युरिटी सूइटमा खर्च गर्नुहोस्
निःशुल्क पाइने एन्टी भाइरस र एन्टी म्यालवेअरको प्रयोग गलत होइन तर यसमा सबै सेक्युरिटी विशेषता दिइएको हुँदैन । यस्ता थुप्रै कम्पनी छन् जसले तपाईंलाई यसको सशुल्क संस्करण प्रदान गर्दछ । त्यसकारण यी कुरामा खर्च गर्दा राम्रो परिणाम हात पार्न सकिन्छ ।
ल्यापटपको बाहिरी भाग पनि सफा गर्नुहोस्
इन्टरनल हार्ड ड्राइभको सफाई पछि तपाईंले ल्यापटपको बाहिर भागमा पनि ध्यान दिन आवश्यक छ । यसका लागि तपाईंले ल्यापटपलाई आधिकारिक सर्भिस सेन्टरमा पुर्याउन सक्नुहुन्छ वा घरमा नै सफा गर्न सक्नुहुन्छ । यसका लागि क्लिनिङ किटको आवश्यकता पर्छ । यस्ता किट बजारमा सजिलै पाउन सकिन्छ । यसमा क्लिनिङ स्प्रे, ब्रश, एयर ब्लोअर र माइक्रोफाइबर क्लोथ हुन्छ । यी सामानको सहयोगले ल्यापटपबाट धुलो हटाउन सकिन्छ । सिस्टमको किनारा र किबोर्ड पनि सफा गर्नुहोस् । ल्यापटपमा धुलो अथवा माटो जम्दा यसमा हावाको प्रवाह रोकिने गर्छ जसका कारण यो तातो हुन थाल्छ । ल्यापटप तातेपछि स्लो हुन्छ ।
अन्तिम उपाय ‘रिसेट’
यो तपाईंको अन्तिम उपाय हो । कुनै पनि सिस्टमलाई रिसेट गर्दा त्यसमा भएको डेटा र एप्स हट्ने गर्छ । यसले सिस्टम फ्याक्ट्री डिफल्ट स्टेजमा आउने गर्दछ । यसको अर्थ, तपाईंको ल्यापटप पहिलो पटक प्रयोग गरेजस्तो हुन्छ । रिसेट गर्दा भाइरस, म्यालवेअर नष्ट हुन्छ, यसका लागि केही घण्टाको समय लाग्छ सक्छ ।
तपाईको प्रतिक्रिया