Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, १० मंसिर २०८३ । तीन कारोबार दिनपछि सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । सोमबार, मंगलबार र बुधबार निरन्तर बढेको नेप्से बिहीबार (मंसिर १०) दोहोरो अंकले घटेको हो ।

यस दिन सूचक १०.८९ अंकले घट्दा लगानीकर्ताले पाँच अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । समूहगत रूपमा सबै समूह करेक्सनमा देखिँदा लगानी समूहको सूचक ०.७२ प्रतिशतले बढेको देखिन्छ ।

८६ कम्पनीको सेयर मूल्य बढेको छ । १७९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ वटाको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

बढ्नेको सूचीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था ४.८८ प्रतिशतको वृद्धिसहित अग्रस्थानमा छ । घट्नेमा भने एलएस होराइजन १२ र एभरेस्ट कलर अगाडि छन् । यी दुवैको ४ प्रतिशतले मूल्य घटेको हो ।

बिहीबार लगानीकर्ताले सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको कारोबार गरेका छन् । लगानीकर्ताले उक्त कम्पनीको २४ करोडबराबरको सेयर किनबेच गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया