Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

झगेन्द्र खड्का
गौरादह, १४बैशाख२०७७ । लकडाउन लम्बिदै जाँदा गरिब तथा बिपन्न घरपरिवारको चुलो बल्न नसक्ने सम्भावनालाई मध्यनजर गरि विभिन्न क्षेत्रबाट स्थानीय सरकारले स्थापना गरेको वडा स्तरीय फुड बैंककमा खाद्यान्न संकलन भइरहेको छ।

कोरोना भाइरसको विषम परिस्थितिमा बिपद ब्यबस्थापनमा सहजताका लागि जनप्रतिनिधि,राजनीतिक दल,संघ संस्था,टोल बिकाश समितिका साथै ब्याक्तिगत रुपमा पनि फुड बैंककमा खाद्यान्न जम्मा गरिएका छन।

स्थानीय सरकारलाई राहात बितरणमा थप सहयोग गर्न पुर्ब तयारीका लागि सबै क्षेत्रबाट खाद्यान्न सामग्री तथा नगद सहयोग भइरहेको छ। नगर भित्ररहेका जनमजदुरी गरेर पाखुरा चलाएका भरमा छाक टार्ने परिवारलाई लकडाउनका कारण भोकमारीबाट बचाउन सबै क्षेत्रबाट सहयोग जुटिरहेको छ।

गौरादह नगरपालिका वडा नं -२ ले स्थापना गरेको फुड बैंककमा आइतबार वडाको ५ नम्बर सूर्य किरण टोल बिकाश समितिले २ सय ५० केजी चामल फुड बैंककमा जम्मा गरेको छ।सूर्य किरण टोल बिकाश समितिको अगुवाइमा टोल बिकाश समितिका पदाधिकारी तथा अन्य इच्छुक महानुभावहरुबाट संकलित चामल फुड बैंककमा जम्मा गरेको सूर्य किरण टोल बिकाश समिति अध्यक्ष राम बहादुर कन्दङवाले जानकारी गराए।

टोल बिकास समितिका पदाधिकारी बाहेक बिजय कन्दङवा,दिपक खड्का र झगेन्द्र खड्काले पनि चामल दिएर टोल बिकाश समितिलाई सहयोग गरेका थिए।

गौरादह नगरपालिका भित्र रहेका टोल बिकास समितिहरु मध्ये खाद्यान्न सामग्री फुड बैंककमा जम्मा गर्ने टोल बिकास समितिमा वडा नं (२ को सूर्य किरण टोल बिकास समिति पहिलो बनेको छ।
टोल बिकास समितिको अगुवाइमा संकलित चामल टोल बिकाश समिति अध्यक्ष राम बहादुर कन्दङवा, उपाध्यक्ष टंक गिरी,सचिब फडिन्द्र बर्देवा,कोषाध्यक्ष बिमला बाँस्तोला र सदस्य सहितको टोलिले वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्की, वडा सदस्य उतम बस्नेतलाई हस्तान्तरण गरेका छन्।

वडा नं -२ ले स्थापना गरेको फुड बैंककमा हाल सम्म ७ सय ७५ केजी चामल,३३ केजी दाल,५८ केजी नुन र ४१ लिटर खाने तेल र ६० केजी भुजा संकलन भएको खादय संकलन तथा ब्यबस्थापन समिति सदस्य दिपक खड्काले जानकारी गराए।
हाल सम्म खाद्यान्न सामग्री जम्मा गर्नेहरुमा वडा नं -२ भित्रका नेकपा वडा कमिटीले १ सय ५० केजी चामल,६० केजी भुजा, नेपाली काँग्रेस वडा समितिले १ सय ७५ केजी चामल ५० केजी नुन,१३ लिटर तेल,२५ केजी दाल,सूर्य किरण टोल बिकाश समितिले २ सय ५० केजी चामल, सामुदायिक कृषि सहकारी संस्थाबाट २० लिटर तेल र सूर्य भट्टराई र बासु जोसीबाट २ सय केजी चामल,८ केजी दाल र ८ लिटर तेल हस्तान्तरण भएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments