आइतबार, चैत्र १९, २०७९
Sunday, April 2, 2023

गौरादह, १२ बैशाख २०७७ । नेपाली काँग्रेस गौरादह नगरपालिका वडा नं -२ काे वडा समितिले संकलन गरेकाे रकमबाट खरिद गरेकाे खाद्यान्न सामग्री वडा नं -२ काे वडा कार्यलयले स्थापना गरेकाे फुड बैंकमा हस्तान्तरण गरेकाे छ।

नेपाली काँग्रेस वडा नं -२ काे वडा समितिले २२ हजार रुपैयाँ संकलन गरेकाेमा ११ हजार पार्टीको नगर समितिलाई हस्तान्तरण गरेकाे थियाे।पार्टीको नगर समितिलाई हस्तान्तरण गरेर बाँकी रहेकाे रकमबाट खाद्यान्न सामग्री खरिद गरि फुड बैंककमा जम्मा गरेकाे खाद्यान्न संकलन तथा ब्यबस्थापन समिति सदस्य दिपक खड्काले जानकारी गराए।

पार्टीको वडा समितिले १ सय ७५ केजी चामल,२५ केजी दाल,५० केजी नुन र १३ लिटर तेल रहेकाे पार्टीका क्षेत्रीय प्रतिनिधि गाेपाल प्रसाद काेईरालाले जानकारी गराए।काेराेना भाइरस संक्रमणका कारण लकडाउन भएपछि अफ्ट्यारोमा परेका जनमजदुरहरुलाई  भाेकमारीबाट जाेगाउन राजनीतिक दलहरु जुटेका हुन।

गौरादह नगरपालिका भित्र बसाेबास गर्ने गरिब तथा बिपन्न परिवारलाई लकडाउनबाट प्रभावित बन्दा दैनिक राेजिराेटी खाेसिएकाले ती परिवारलाई छाकटार्ने ब्यबस्था मिलाउन राजनीतिक दलका प्रतिनिधिहरु अग्रसर भएका छन।काेराेना भाइरसले बिस्वभर आतंक फैलाईरहँदा नेपाल पनि अछुताे नरहेकाले यशबाट जाेगिन ब्याक्ती आँफै सचेत हुनुपर्ने भएकाले काम गर्ने वातावरण नहुदा गरिब तथा बिपन्न परिवारमा खाद्यान्नकाे संकट आएकाे खाद्यान्न संकलन तथा ब्यबस्थापन समिति सदस्य संकर कट्टेलले बताए।

दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरहरुमा आएकाे संकट समाधान गर्न सबैकाे सहयाेग आवश्यक रहेकाे वडा सदस्य बिजय कंदङवाले जानकारी गराए।वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्कीले नगरभित्र रहेका बिपन्न परिवारहरुका लागि खाद्यान्न सामग्री जुटाएर सहयाेग गर्ने नेपाली कांग्रेस वडा नं -२ काे वडा समितिलाई धन्यवाद ज्ञापन गरेका छन।

तपाईको प्रतिक्रिया