Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
बिर्तामोड, २२ साउन । वीरता जेसीजको दिर्घकालिन योजना सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् ।
जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दिर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष परिवर्तन भए पनि पोखरेल सभापति रहेको संस्थाको दिर्घकालिन योजना समितिको कार्यवधि भने तीन वर्षको हुनेछ ।
समितिको सदस्यहरुमा शिवकुमार अग्रवाल, विनोद बस्नेत र प्रमेश राजकर्णिकार रहेका छन् । सदस्य तीनैजना वीरता जेसीजका पूर्व अध्यक्ष हुन् । त्यस्तै समितिको सदस्य सचिवमा वीरता जेसीजका अध्यक्ष एकराज गिरी रहेका छन् । समितिले विस्तृत रुपमा संस्थाको भविष्यको तथा दिर्घकालिन नीति, कार्यविधि तयार गरी काम गर्ने वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे विनोदले जानकारी दिए ।
वीरता जेसीजको इतिहासमा दिर्घकालिन योजनासहित काम गर्नका लागि यस्तो समिति पहिलोपटक बनेको हो । दिर्घकालिन योजना सभापतिमा चयन गरेकोमा वीरता जेसीजलाई दीगो विकासका साथ अघि बढाउन थप जिम्मेवारी बोध भएको पोखरेलले बताएका छन् ।
बिर्तामोड–२ मा संस्थालाई प्राप्त जग्गामा सामुदायिक भवन निर्माण लगायतका काममा अब दिर्घकालिन योजना समिति अग्रसर हुने सभापति पोखरेलले बताए । भवन निर्माणका लागि निवर्तमान अध्यक्ष सञ्जु भारतीको संयोजकत्वमा यसअघि नै समिति बनेको छ ।
तपाईको प्रतिक्रिया