Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024
गौरादह, २२ साउन । झापाको गौरादहमा एकीकृत शहरी विकास योजनाको तयारी सम्बन्धि एक दिने परियोजना गोष्ठी आज सम्पन्न भएको छ ।

गौरादह नगरपालिकाको वडा नं. १ को वडा कार्यालय सभाहलमा सञ्चालन गरिएको गोष्ठिमा नगरपालिका भित्रका जनप्रतिनिधिहरु सहभागि भएका थिए। नेपाल सरकार शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा सञ्चालन गरिएको गोष्ठीमा गौरादह नगरपालिकामा नगरको शहरी विकासका लागि तथ्यांक संकलन गरी विकास निर्माण सहज बनाउने अवधारणा सम्बन्धि प्रशिक्षण दिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शहरी विकासका परामर्शदाता डा. प्रदिप पौडेलले एकीकृत शहरी विकास योजना, परिचय, अवधारणा, कार्यक्रम, जिम्मेवारी र कार्ययोजनाका विषयमा र विर्ख क्षेत्रीले योजना निर्माणका लागि संकलन गरिने सुचनाहरु सम्बन्धि जानकारी गराएका थिए। कार्यक्रमका सभापति तथा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले गौरादह नगरको शहरी विकासका लागि विद्यमान अवस्था र नगरपालिकाले सञ्चालन गरेका अवधारणाहरुका बारेमा जानकारी गराएका थिए। दक्षिणी क्षेत्रमा रहेको गौरादह नगरपालिकामा जनप्रतिनिधिहरु आईसकेपछि विकास निर्माणका क्षेत्रमा नयाँ फड्को मारेको समेत बताए ।

त्यस अवसरमा नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा ७ सदस्य नगरपरियोजना समन्वय समिति गठन गरिएको छ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल का नितेश्वर झा, राजपा का देवी प्रसाद ताजपुरीया, संघीय लिम्बुवान मञ्च का लक्ष्मी कन्दङ्वा, वार्ड नं. ९ का वार्ड अध्यक्ष सीताराम भट्टराई, लेखा अधिकृत जगदीश पराजुली, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवि कोइरालाले मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया