Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

डण्डिराज घिमिरे

नजर जुध्यो आपसमा हाम्रो मन भुल्यो साँईली
हेर्दाहेर्दै जवानीमै सेताम्मे दार्ह्री फुल्यो साँईली ।

तिमी सर्माएर पुलुक्क हेर्यौ मुस्कुराउदै मैले सोधेँ
तिम्रो मौनताले दुई हुने आकाश खुल्यो साँईली ।

स्नेहको जस्ता लगाइ चुहिने छानो टालेका छौं
संघर्षमा हातेमालो हाम्रो जीवन झुल्यो साँईली ।

लकडाउनमा पनि रमाउदै हासौं नाचौं घरभित्रै
कोरोनानी छल्दैछल्दै हाम्रो माया डुल्यो साँईली ।

तपाईको प्रतिक्रिया