Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

इन्द्र नेउपाने

सरकार र बिज्ञहरूले भने
भाईरस आछ घरैमा बस !
नानीको आमाले भन्छीन्
भरेको छाक चैं पुग्छकी !?
जान्नेहरू भन्छन,
प्रोटिन खाउ
नानीहरूले मांसु बा भन्लान
भन्ने डरछ उफफफ….
अभाव
मेरोलागि कोरनाभन्दा कम छैन
यो नियती
मेरोलागि क्वारेन्टाईन भन्दा कम छैन
मेरो जस्तो गरिवी जीवनमा
मेरो जस्तो अभाव ग्रस्त परिबेशमा
दिनै कोरेना
रातै कोरेना
फरक यती हो..
यो सर्दैन
यो अरूसामु पर्दैन
म दिनभरी काममा खट्ने मान्छे
सांझ परिवार र दिन काम छ
मलाई कुनै संकट सायद पर्दैन
काम बाहेक अरू कसैसड्ग भेटहुन्न जीवना
तेसैले लाग्छ…
म पसिनामा पौडि खेल्ने काममा छु
मेरो विश्वास हजुर
मलाई कोरना सर्दैन
तै पनि मुखनडो लगाएर
डिटलले हात धुन पाछु
म सड्ग डराउनु पर्दैन
एक्लै खेतमा काम गर्छु
मलाई हैजा सर्दैन…
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments