Online Bichar
बुधबार, साउन १३, २०८३ | Wednesday, July 29, 2026

गौरादह- ज्येष्ठ नागरीक संघ गौरादह नगर समिति  वडा नं ८ ले वडा भित्र रहेका ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको छ।

संघले गौरादह नगरपालीका वडा नं ८ को जुरोपानिमा सुक्रबार एक कार्यक्रम को आयोजना गरी ८० वर्ष माथिका ४७ जना ज्येष्ठ नागरीकहरु लाइ प्रशिक्षण सहित दोसल्ला ओढाउँदै मिष्ठान्न भोजन खान दिएर सम्मान गरेको छ।

संघका वडा नं ८का वडाध्यक्ष सूर्य प्रसाद दाहाल को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं ८का वडाध्यक्ष भुमिराज पोखरेल प्रमुख अतिथि रहेका थिए। संघका गौरादह नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले, जिल्ला संघ सचिव जय प्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थीए।

सदस्य वामदेव राजवंसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा टिका अधिकारीले कार्यक्रम संचालन गरेकी थीइन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments