Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज- गौरीगंज गाउँपालीका स्थित वडा नं ३ को वडा कार्यालयले वडा भित्र रहेका ज्येष्ठ नागरीकहरुलाई सम्मान सहित अवलोकन भ्रमण गराएको छ।

वडा कार्यालयले ७० वर्ष माथिका ३० जना ज्येष्ठ नागरीकहरुलाइ नेपालको प्रसिद्घ धार्मिक स्थल जनकपुर धामको भ्रमण गराएको हो। गाउँपालिकाको लक्षित वर्गको कार्यक्रम अन्र्तगतको विनियोजीत वजेट सहित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा भ्रमण आयोजना गरेको गौरीगंज गाउँपालीका वडा नं ३का वडा अध्यक्ष मखना महतोले जानकारी गराए।

सोही अवसरमा वडा नं ३ भीत्र रहेका अपाङग र अशक्त नागरीकहरुलाइ व्हीलचियर वितरण गरेको छ।
वडा भित्रका १४ जना अशक्त नागरीकहरुलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगंज गाउँपालीका का अध्यक्ष बाबुराजा श्रेष्ठले व्हीलचीयर वितरण गरेका हुन्।

वडा नं ३ का वार्ड अध्यक्ष मखना महतो को सभापतित्वमा कार्यत्रमा सम्पन्न भएको थियो। त्यसअवसरमा उपाध्यक्ष दिपेन्द्र थापा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, कर्णाली सहकारीका अध्यक्ष टस बहादुर श्रेष्ठ, आठमौजा सहकारी अध्यक्ष अर्जुन दंगाल, ज्ञानोदय मावि प्रधानाध्यापक कल्पना थापा लगायत ले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया