Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

झापा । झापाको गौरादह जेसिजले मंगलबार गणतन्त्र दिवसको सन्दर्भपारेर हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

जनता मावि गौरादहमा भएको सो अन्तर मावि हाजिरी जवाफ प्रतियोगीता विद्यार्थीहरुको बौद्घिक क्षमताको अभिवृद्घि गर्ने उद्देश्यले आयोजना गरिएको गौरादह जेसिजका कोषाध्यक्ष जेसी पुष्पराज गुरागाईंले बताए । कार्यक्रममा नगरभीत्रका ९ वटा सामुदायीक माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्रतियोगीतामा स्कुलचौन मावि गौरादह–५ प्रथम, जनता मावि गौरादह– १ दोस्रो र भद्रकाली मावि गौरादह–५ तेस्रो भएका छन् । गौरादह नगरपालिकाका कार्यवाहक नगरशिक्षा अधिकृत तथा स्रोत व्यक्ति हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतातामा सम्पन्न कार्यक्रममा सिद्धार्थ बैंक गौरादह शाखाका प्रमुख नुतन गिरी, जमावि गौरादहका निमित्त प्रधानाध्यापक भानुप्रसाद ढुंगाना, गौरादह जेसिज बर्ष २०१७ का अध्यक्ष क्रान्तिदिप काफ्ले, लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

विजेता विद्यार्थीहरुलाई ट्रफी र पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
गौरादह जेसीजका अध्यक्ष राजु घिमिरे को सभापतिमा सम्पन्न प्रतियोगीतात्मक कार्यक्रमकामा उपाध्यक्ष जेसी विनोद चुडाल ले प्रश्न वाचन गरेका थिए भने शिक्षा संयोजक जेसीज संतोष कार्कीले स्वगत मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments