Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

कुराकानी
नाम ः निशान ढुंगाना
बाबु÷आमा ः खगेन्द्र-मुना ढुंगाना
ठेगाना ः गौरादह – १, झापा
विद्यालय ः ज्ञानज्योति मावि गौरादह– २
कक्षा ः ६

हजुरलाई मनपर्ने खेल कुन हो ?
– क्रिकेट हो, क्रिकेट खेल्न धेरै मनलाग्छ । टिभिमा हेर्छु पनि ।
पढ्न मनलाग्छ कि लाग्दैन ?
– पढ्न पनि मनलाग्छ । बाबा आमाले पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुभको छ । म ठूलो मान्छे इन्जिनियर बन्छु ।
हजुरले पिटाई खानुभको छ कि छैन ?
– टिभि धेरै हेरेको, मोवायल चलाएको भनेर घरमा अनि हल्ला गरेको भनेर स्कुलमा कुटाइ खाएको छु ।
पिटाइ खादा दुःख लाग्दैन ?
– साथीहरुले पनि पिटाइ खाइरहन्छन । मलाई त वास्तै लाग्दैन पिटाइ खाँदा । कहिलेकाहिँ दुखेर रोएको पनि छु । नपिट्दा पनि त हुने हो ।
कुन विषय धेरै पढ्न मन लाग्छ ?
– जि.के.(सामान्य ज्ञान), कथा भएकाले हेडवे र नेपाली पनि पढ्न मनलाग्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
अरु के के पढ्न मन लग्छ ?
– संस्कृत पनि पढ्छु । जानकेश्वर शिवालय गुरुकुलमा विहान विहान संस्कृत पढ्न जान्छु ।
के के पढ्नुहुन्छ संस्कृतमा ?
– अहिले रुद्री र चण्डी पढ्दै छौं । रमाइलो लाग्छ संस्कृत पढ्न ।
पढाइमा प्रथम हुनुभएको छ ?
– धेरै पटक फस्ट भएको छु तर पाँच कक्षाबाट छ कक्षामा जाँदा सेकेण्ड भए । अब सधैं फस्ट हुनेगरी पढ्छु ।
साथीहरु संग झगडा भएको छ कि छैन ?
– झगडा गर्नुहुदैन । मेरो मिल्ने साथीहरु प्रदर्शन ढकाल र डेनिस भट्टराई हुन् ।
टिभि र मोवाएलमा के के हेर्नुहुन्छ ?
– कार्टुन र क्रिकेट हेर्छु । गेम पनि खेल्छु ।
साथीहरुलाई के भन्नु हुन्छ ?
– पढ्ने हो, होमवोर्क गर्नेहो अनि क्रिकेट पनि खेल्ने हो । टिभि हेनर्,े मोवायल पनि चलाउने अनि पढेर ठूलो मान्छे बन्ने ।

तपाईको प्रतिक्रिया