Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)सकिन दुई दिन बाँकी रहँदा आज विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुँदैछ ।

पौडीतर्फ ८ स्वर्णको छिनोफानो हुन बाँकी छ । आयोजकका अनुसार, यी सबै स्वर्णको आज छिनोफानो हुँदैछ ।

यस्तैै बक्सिङमा पनि आज ८ स्वर्णका लागि फाइनल खेल हुँदैछ । बक्सिङमा नेपालबाट ९ खेलाडी फाइनलमा पुगेका छन् । जसमध्ये आज चार खेलाडीले फाइनल खेल्दैछन् । ललित महर्जनले ४८ केजी, मिनु गुरुङले ५४ केजी संगीता सुनारले ६० केजी र भूपेन्द्र थापाले ६४ केजीको फाइनल खेल्दैछन् । चारै खेलाडीले स्वर्णका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

आइतबारबाट सुरु जुडोअन्तर्गत ७ तौल समूहको फाइनल हुनेछ ।

महिला फुटबलमा पनि स्वर्णकै लागि नेपालले भारतसँग पोखरा रंगशालामा खेल्दैछ ।

बास्केटबलका खेलहरू पनि हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने बास्केटबलको पुरुष प्रतिस्पर्धामा नेपालले भारतसँग र महिलातर्फ माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । थ्री बाई थ्री बास्केटबलमा नेपालले बंगलादेशसँग सेमिफाइनल खेल्दैछ ।

जुडोमा आज महिला ३ र पुरुष ४ समूहमा खेल हुनेछ । ७ तौल समूहमा पहिलो चरण देखि फाइनल राउण्डसम्मको खेल आजै हुनेछ ।

तपाईको प्रतिक्रिया