Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १७ मंसिर । कमल गाउँपालिकामा सञ्चालन भइरहेको स्व.मेजर टंक राई स्मृति ५ औं भेट्रान क्लब फुटबल प्रतियोगितामा आयोजक दमक-लखनपुर र हाम्रो इटहरी भेट्रान क्लब फाइनलमा प्रवेश गरेका छन। मंगलवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक दमक लखनपुर भेट्रान क्लब बिजय भएको थियो।

आयोजक भेट्रान क्लबले काँकडभिट्टा भेट्रान क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थयो। जितका लागि दमक लखनपुर भेट्रान क्लबका तर्फबाट लोक बहादुर आले मगर र सुवास आङथोपोलेले १/१ गोल गरेका थिए। यस्तैगरि मंगलवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा युनाइटेड भेट्रान क्लब विराटनगर र हाम्रो इटहरी भेट्रान क्लब बीच भएको खेलमा तिब्र प्रतिस्पर्धा भएको थियो।दुवैटिम बिच खेलको निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि निर्णयकालागि ट्राइबेकरलाई कुर्नु परेको थियो ।

ट्राइबेकरमा हाम्रो इटहरी भेट्रान क्लब ४–३ को गोल अन्तरले बिजय भएको थियो। जित सँगै हाम्रो इटहरी भेट्रान क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ । जितका लागि हाम्रो इटहरी भेट्रान क्लबका तर्फबाट कुमार राई, लक्ष्मण चौधरी, रामशरण चौधरी र शिव चौधरीले गोल गरेका थिए ।खेलको म्यान अफ दि म्याच पराजित टिम युनाइटेड भेट्रान क्लब विराटनगर का गोल किपर छत्रमान कार्की घोषित भएका थिए ।

त्यसैगरि भोली बुधबार दिउँसो २ बजे दमक-लखनपुर र हाम्रो इटहरी भेट्रान क्लब बिच फाइनल खेल हुने आयोजक समितिका सचिव एल बी विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया