Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

गौरादह, १६ मंसिर । कमल गाउँपालिकामा सञ्चालन भएको स्व. मेजर टंक राई स्मृति ५ औं भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान क्लब र हाम्रो ईटहरी भेट्रान क्लबले सेमी फाइनलमा स्थान सुरक्षित गरेका छन।

सोमवार सम्पन्न क्वाटर फाईनल खेलमा आयोजक टिम दमक लखनपुर भेट्रान क्लबले एभरेष्ट भेट्रान क्लबलाई ५-३ गोल अन्तरले पराजित गरेको छ । जितकालागि दमक लखनपुर भेट्रान क्लबले खेल शुरु भएको ३० सेकेन्डमै विकास राइको गोल मार्फत अग्रता लिएको थियो। खेलको केही समय पछि सुन्दर नेपालले गोल गरेपछि गोल अन्तर दोब्बर भएको थियो।

आयोजक टिमका सुवास आङथोपोले ३ गोल गर्दै हयाट्रिक गरेपछि विजय निस्चित भएको थियो ।सोमवार भएको खेलमा आयोजक टिमका ह्यट्रिक गर्न सफल सुवास आङथोपो म्यान अफ दि म्याच घोषित भएका छन् । एभरेष्ट भेट्रान क्लब का तर्फबाट छत्र लिम्बु, विमल लिम्बू र स्माइल मियाले १/१ गोल गरेका थिए ।

यस्तैगरि दोस्रो खेल बिर्तामोड र हाम्रो इटहरी बिच भएको खेलमा हाम्रो इटहरी ले बिर्तामोडलाई २-० गोल अन्तरले पराजित गरेको छ । हाम्रो इटहरीका तर्फबाट लिलाराज मगरले १ गोल र तिर्थ बहादुर याक्सोले दोस्रो गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया