Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, १५ मंसिर । कमल गाउँपालिकामा स्व. मेजर टंक राई स्मृति ५ औं भेट्रान फुटबल प्रतियोगिता आईतवार(आज) बाट शुरु भएको छ । दमक लखनपुर भेट्रान क्लबको आयोजना तथा कमल गाउँपालिका तथा कमल खेलकुद विकास समितिको सह आयोजनामा कमल–५ स्थित गुहेश्वरी आधारभूत विद्यालय को खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्ले ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा उनले खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने बताइन् ।

भेट्रान क्लबमा ८ टिमको सहभागीता रहेको र १८ गते फाईनल खेल हुने आयोजकले जनाएको छ। भेट्रान क्लबको बिजेता टिमले नगद १ लाख ५ हजार र उपविजेताले ५५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ। प्रथम र द्वितीयसँगै विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार पाउने छन् ।

आज भएको पहिलो खेलमा काँकडभिटा भेट्रान क्लब र चन्द्रगढी भेट्रान क्लब बीच भएको खेलमा काँकडभिटाले चन्द्रगढीलाई ४-० गोल अन्तरले पराजित गरेको छ । जितकालागि काँकडभिट्टा भेट्रान क्लब को तर्फबाट दिलु कार्कीले ३ गोल गदै ह्यट्रिक गरेका थिए। काँकडभिट्टा भेट्रान कलब बाट नै अर्को एक गोल नरेन्द्र प्रसाद खरेलले गरेका थिए । आईतवार भएको पहिलो खेलमा काँकडभिट्टा भेट्रान क्लब कै दिलु कार्की म्यान अफ दि म्याच घोषित भएका थिए ।

यस्तैगरि दोस्रो खेल धरान भेट्रान क्लब र युनाइटेड विराटनगर भेट्रान क्लब बीच भएको खेलमा युनाइटेड विराटनगर भेट्रान क्लब ले धरान भेट्रान क्लब लाई १-० गोलले पराजित गरेको छ । युनाइटेड भेट्रान क्लब को तर्फबाट महेन्द्र विश्श्वासले १ गोल गरेका थिए ।

भोली हुने पहिलो खेलमा आयोजक टिम र एभरेष्ट भेट्रान कलब तथा दोस्रो खेल बिर्तामोड भेट्रान क्लब र हाम्रो इटहरी भेट्रान क्लब बीच प्रतिस्पर्धा हुने आयोजकका सचिव एल बि विष्टले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया