Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, ११ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले सानदार जीत निकाल्दै सुखद सुरुवात गरेको छ ।

नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आजदेखि भलिबलका खेलहरु सुरु भएका छन् । साग खेलकुदको औपचारिक उद्घाटन हुनु चार दिन अगाडि नै साग अन्तर्गतको पुरुष र महिलाको प्रतिस्पर्धा सुरु भएको हो ।

दशरथ रंगशालामा भएको भलिबल खेलमा नेपालको महिला टिमले बंगलादेशसँग एकतर्फी रूपमा उत्कृष्ट प्रतिस्पर्धा गर्दै ३–० को सेटमा जीत निकाल्दै सागमा सुखद शुरुवात गरेको छ ।

यसैगरी आजै पुरुषतर्फ पनि नेपालले साझ ७ बजे बंगलादेशसँग त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालले दुई साता अघि बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा ३–० को सोझो सेटमा पराजीत गरेको थियो । सोही जीतलाई नेपाली महिला भलिबल टोली निरन्तरता राखेको छ ।

अब नेपाली महिला टोलीले भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिला भलिबलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो ।

नेपालले पनि स्वर्ण जित्ने लक्ष्य राखेको छ । आजै माल्दिभ्स पाकिस्तानबीच खेल हुनेछ । बिहीबार भारत र नेपाल तथा श्रीलंका र पाकिस्तानबीच खेल हुनेछ ।

शुक्रबार भारत बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार सेमिफाइनल, सोमबार तेस्रो स्थानको लागि तथा मगलबार स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ । महिला भलिबलमा पाकिस्तान नआउने भएपछि वाकओभर पाउने सम्भावना छ ।

पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एकै समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । पुरुष भलिबलमा पनि भारत स्वर्णको दावेदार टोली हो । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दोस्रो दिन पाकिस्तान र माल्दिभ्स र तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।

शनिबार श्रीलंका र पाकिस्तनबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।न्युज२४

तपाईको प्रतिक्रिया