Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २८ कात्तिक । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (बिहिबार)पहिलो खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टिमका दुई ठुला खेलाडी रहने छैनन् ।

पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने टी–१० लिग खेल्न युएईमा रहेकाले इमर्जिङ एसिया कपमा सहभागी नहुने भएका हुन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ’ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तानरहेका छन् ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments