काठमाडौं, २० कार्तिक । राष्टिय खेलकुद परिषदले सागको तालिका सार्वजनिक गरेको छ । परिषद्ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु हुनेछन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन् ।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएता पनि त्यसअघि भलिबलका तीन खेलहरु हुनेछन्।






