Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

मेयर कप खेलको समापन कार्यक्रममा मेयर नै अनुपस्थित

शान्ति सुब्बा

गौरादह, २ कार्तिक । गौरादह नगरपालिकाम संचालन भएको झापा जिल्ला अन्तरपालिका मेयर कप पुरुष भलिवल प्रतियोगिताको २०७६ को उपाधि दमक नगरपालिकाले जितेको छ । जनता मावि गौरादहको प्रङ्गणमा शनिवार सम्पन्न फाइनल खेलमा दमकनगरपालिकाले आयोजक गौरादहलाई पराजित गरेको हो । बेस्ट अप फाएपका ५ वटा प्रतिस्पर्धात्मक खेलहरु मध्ये दमकले ३ सेट र गौरादहले २ सेटमा जित हातपारेका थिए ।

दमकले गैरादहलाई १९–२५, २७–२५, १५–२५, २५–२१ र १५–१४ को सेटमा पराजित गरेको हो । जितसंगै बिजेता टिमले नगद १ लाख १ सय रुपयाँको चेक र उपविजेताले नगद ५१ हजार रुपयाँको चेक सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । असोज २८ गते बाट सुरु भएको सो खेलमा झापा जिल्लाका १५ स्थानीय तह मध्ये १३ वटा स्थानीय तहले भागलिएका थिए ।

खेलमा बिभिन्न बिधामा उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्किृत गरिएको थियो । मेन अफ द सिरिज दमकका राजु श्रेष्ठ, बेस्ट क्वीकर दमककै पुस्कर तामाङ्ग, बेस्ट लिफ्टर मुस्कान तामाङ्ग, बेस्ट ब्लकर गौरादहका दिपेन मल्लिक, बेस्ट स्टाइकर गौरादहका रुपेश शाहा, बेस्ट लिब्रो गौरादहका सुजन कट्वालले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
त्यस अवसरमा खेलकुद विकास समिति गौरादहले गौराद क्षेत्रबाट भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडि गौरादह नगरपालिका ३ का दिलबहादुर अधिकारी खत्रीलाई खेल क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै दोसल्ला ओडाइ सम्मान पत्र सहित सम्मान गरेको थियो ।

समापनको अवसरमा संचालित पुरस्कार वितरणको औपचारिक कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दीपक कार्कीले खेल क्षेत्रको विकास गर्न गौरादहमा ब्यवस्थित खेलमैदानको आवस्यकता रहेको र युवाहरुमा अनुशासन, गतिशिलता, स्वास्थ्य तथा शारिरिक विकासकालागि खेल क्षेत्रको ठूलो महत्व रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रसका नेता डा. खगेन्द्र पाण्डव अधिकारी, नेकपाका गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले लगाएतले शुभकामना मन्तब्य राखेका थिए । आयोजक समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति हेमन्त कार्कीले खेलको औचित्य मथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन समितिका सचिव निर्मल बाँस्तोलाले गरेका थिए ।

‘झापा जिल्ला अन्तरपालिका मेयर कप पुरुष भलिवल प्रतियोगिता २०७६’नामबाट खेलकुद विकास समिति गौरादहले खेलाएको यस भलिबल खेलको पुरस्कार बितरण तथा समापन समारोहमा स्वयम् मेयरको भने उपस्थिति रहेको थिएन । उनीसंग सम्पर्क गर्दा आफू नभ्याएर कार्यक्रममा आउन नसकेको बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments