गौरादह, ३० असोज । गौरादहमा संचालन भईरहेको जिल्ला अन्तर पालिका मेयर कप पुरुष भलिबल प्रतियोगितामा बिहिबार क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन । खेलकुद बिकास समिति गौरादहले आयोजना गरेको खेलमा दमक,गौरादह,कमल र बिर्तामाड सेमिफाईनलमा प्रवेश गरेका छन।
बिहिबार सम्पन्न क्वाटर फाईनल खेलमा दमक नगरपालिकाले कन्काई नगरपालिकालाई २७-२५ र २५-१४ को सोझो सेटमा, कमल गाउँपालिकाले शिव सतासीलाई २५-२३ र २५-१९ को सोझो सेटमा, बिर्तामोडले झापा गाउपालिकालाई २४-२६, २७-२५ र २५-२३ को सेटमा पराजित गरेको छ।
शुक्रबार गौरादह नगरपालिका र कमल गाउँपालिका, बिर्तामोड र दमक नगरपालिका बिच सेमिफाइनल खेल हुने आयोजकका सचिब निर्मल बाँस्तोलाले जानकारी गराए।






