Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं,  १९  भदौ  ।  नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलि (शुक्रबार) हुने भनिएको चुनाव तत्कालको लागि स्थगित भएको छ ।

सर्वोच्च अदालतले गत मंगलबार एनओसीको चुनाव रोक्न अन्तरिम आदेश दिएसँगै भोलि हुने भनिएको चुनाव रोकिएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । कमल चित्रकारले एनओसीको चुनाव तत्कालको लागि बदर गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए ।

न्यायाधीश टंकबहादुर मोक्तानको इजालस तत्काल चुनाव रोक्नु भन्दै दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका थिए । २० गते हुने भनिएको चुनाव स्थगित गरेको भन्दै अध्यक्ष जीवनरामले भने, ‘हामीले तत्कालको लागि चुनाव रोकका छौं । २२ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुनु भन्ने आदेश छ । अब २२ गते पछि मात्रै चुनाव कहिले गर्ने भन्ने टुंगो लाग्नेछ ।’

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रविक्रम लाखे उठेका छन् ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments