Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा – वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ ।

आइतबार झण्डोत्तोलनका साथ सन् २०१८ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष एकराज गिरीले घोषणा गरे । अध्यक्ष गिरीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए । सचिवालयसँगै शिव पाञ्चायन मन्दिर रहेको छतमा पहिलो पटक राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा फहराइएको हो ।

बस्नेतले जेसीज युवा राष्ट्रप्रेमी भएको बताउँदै झण्डा जेसीजको शान भएको उल्लेख गरे । उनले समय व्यवस्थापन र रचनात्मक कार्यका लागि अघि बढ्न सुझाव दिए । बस्नेतले जेसीज सदस्य आफ्नो र कर्तव्य र संस्थाप्रति जिम्मेवार बन्न आग्रह गरे । राजनीतिबाट मुक्त भएर अघि बढ्न पनि उनको सुझाव थियो ।

कार्यक्रम संयोजक राजीव धिमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विनोद पाण्डेले गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरु शिवकुमार अग्रवाल, विनोद बस्नेत, राजेन्द्र चम्लागाई, किरण श्रेष्ठ, भक्तराज भारती लगायतको आतिथ्य थियो ।

वीरता जेसीजले प्रजातन्त्र दिवसको अवसर पारी सोमबार बिहान परोपकार वृद्धाश्रममा वृद्धवृद्धालाई सहयोग गर्ने र साझ मुक्तिचोकमा दिपप्रज्जलन गर्ने कार्यक्रम समेत तय गरेको छ ।

तपाईको प्रतिक्रिया