Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

डडेल्धुरा, ३ भदौ २०८३ । डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।

खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर टाढा बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए। रासस

 

 

तपाईको प्रतिक्रिया