Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

काठमाडौं, ६ साउन २०८३ । व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन् । शंकरलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका हुन् । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो । शंकरलालका छोरा शुलभ अग्रवाल हाल सोही मुद्दामा पुपक्र्षका लागि थुनामा छन् ।

शंकरलाल अदातल हाजिर नभए पछि पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपशमशेर राणाले जानकारी दिए । व्यवसायी दीपक भट्टसित अग्रवाल परिवार जोडिएका थिए । हाल भट्टसमेत थुनामा छन् । यसअघि समेत शंकरलाल पक्राउ परेका थिए । तर, उनी हाजिरी जमानीमा छुटेका थिए । शंकर ग्रुपमाथि सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया