Online Bichar
शुक्रबार, आषाढ ०५, २०८३ | Friday, June 19, 2026

काठमाडौं, ५ असार २०८३ । विश्वकपको समूह चरणको खेलमा मेक्सिको लगातार विजयी बनेको छ । दक्षिण कोरियासँगको खेलमा १-० ले विजय भएसँगै मेक्सिको खेलमा लगातार दोस्रो जित निकालेको हो ।

यसअघि दक्षिण अफ्रिकासँगको पहिलो खेलमा मेक्सिको २-० ले विजयी भएको छ । लगातार दुई जितसँगै मेक्सिकोले तालिका ६ अंक जोडेको छ ।

यसअघि समूह ‘ए’ अन्तर्गत आज भएका अन्य खेलमा चेकिया र दक्षिण अफ्रिकाको खेल बराबरीमा टुंगिएको थियो । समूह ‘बी’ मा कतारविरुद्ध क्यानडाले ६-० को ऐतिहासिक जित दर्ता गरायो । यस्तै उक्त समूहको स्विट्जरल्याण्ड र बोस्नियाहर्जगोभिनाबीचको खेल ४-१ मा समाप्त भएको थियो ।

तपाईको प्रतिक्रिया