झापा, २९ जेठ २०८३ । झापाको कमल गाउँपालिका–५ लवडाँडामा अबैध सामानसहित सिटी सफारी बरामद गरिएको छ। आज बिहान १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लवडाँडाबाट दमकतर्फ आउँदै गरेको प्र.०१–०१–००१ ह ८०२४ नम्बरको सिटी सफारीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा लुकाईछिपाई ल्याइएको करिब ३ बोरा सुर्ती फेला परेको प्रहरीले जनाएको छ। उक्त सुर्तीको अनुमानित मूल्य करिब २५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी सिटी सफारीको मूल्य करिब २ लाख रुपैयाँ गरी जम्मा करिब २ लाख २५ हजार रुपैयाँ बराबरको सामानसहित सवारी साधन नियन्त्रणमा लिइएको हो।
बरामद सिटी सफारी र सामान इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






