Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

काठमाडौं, ६ जेठ २०८३ । आईसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका चार खेलाडीको वरीयतामा व्यापक सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार जारी गरेको पछिल्लो वरीयतामा सन्दीप र दीपेन्द्रको वरीयतामा सुधार भएको हो ।

आईसीसीले जारी गरेको वरीयताको बलिङतर्फ सन्दीप ६ स्थान सुधार गर्दै ३७औँ स्थानमा उक्लिएका हुन् । त्यस्तै, बलिङतर्फ नै ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औँ तथा दीपेन्द्रसिंह ऐरीले तीन स्थान सुधार गर्दै ७९औँ स्थानमा पुगेका छन् ।

त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डरतर्फ दीपेन्द्र तीन स्थान सुधार गर्दै २५औँ स्थानमा उक्लिए । साथै, अलराउन्डरतर्फ गुल्सन झा १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा आएका छन् ।

विश्वकप लिग–२ अन्तर्गतको अहिले नेपालमा भइरहेको त्रिकोणात्मक शृंखलामा यी चार खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । नेपालले अब श्रृंखलाको अन्तिम खेलमा अमेरिकासँग खेल्दैछ ।

 

तपाईको प्रतिक्रिया