Online Bichar
बिहिबार, बैशाख ३१, २०८३ | Thursday, May 14, 2026

काठमाडौं, ३१ वैशाख २०८३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो ।

तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ । राखेपको वेवसाइटमा उल्लेख भएअनुसार दर्ता भएका ७५ मध्ये ३३ खेल संघले नवीकरण गरेका छैनन् ।

चर्चित संघ नेपाल क्रिकेट संघ (क्यान) ले पनि नवीकरण गरेको छैन । नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता गरेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरु नवीकरण नगर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया