Online Bichar
सोमबार, बैशाख १४, २०८३ | Monday, April 27, 2026

काठमाडौं, १४ वैशाख २०८३ । वैदेशिक रोजगार विभाग ले नियमविपरीत कार्य गरेको आरोपमा तीन वटा म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ।

कारबाहीमा एसोसिएट वेलकम इन्टरनेसनल प्रा.लि., मास ह्युमन रिसोर्स प्रा.लि. र टेस्ला ओसिज् प्रा.लि. परेका छन्। विभागका अनुसार पूर्वस्वीकृति नलिई शाखा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको आरोपमा एसोसिएट वेलकम इन्टरनेसनल प्रा.लि. लाई वैदेशिक रोजगार ऐनको दफा ४८ बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारसम्बन्धी प्रचलित कानुन तथा विभागको निर्देशन पालना नगरेको पाइएपछि मास ह्युमन रिसोर्स प्रा.लि. र टेस्ला ओसिज् प्रा.लि.लाई आगामी दिनमा यस्तो कार्य नगर्न सचेत गराइएको विभागले जनाएको छ। विभागले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन नियम उल्लंघन गर्ने कम्पनीमाथि निरन्तर निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया