Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठ्माडौं, २० फागुन २०८२ । नेपालमा यही मार्च १० देखि २० तारिखसम्म आयोजना हुन लागेको आईसीसी विश्वकप लिग २ को खेल स्थगित भएको छ।

अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिरताका कारण उक्त खेल स्थगित भएको हो । लिग २ श्रृङ्खला मा नेपाल, युएई र ओमानबीच कीर्तिपुर क्रिकेट रंगशाला र मूलपानीमा खेल हुने तय थियो ।

जसमा ३ वटै टोलीले ४/४ खेल खेल्ने तय भएको थियो । नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि खेल रोकिएको जनाएको छ।

लिग २ नेपाल लगायत ८ एसोसिएट राष्ट्रबीच हुने सबैभन्दा महत्त्वपूर्ण एक दिवसीय प्रतियोगिता हो ।

यो प्रतियोगिताले एक दिवसीय मान्यता जोगाउने देखि विश्व कप छनोटसम्मको तालिका निर्धारण गर्ने गर्दछ। श्रृङ्खलामा नेपाल अहिले सातौं स्थानमा संघर्षरत छ ।

तपाईको प्रतिक्रिया