काठ्माडौं, २२ माघ २०८२ । आईसीसी टी–२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले क्यानडाविरुद्धको ब्याटिङ पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।
बिहीबार चेन्नाईको एमए चिदम्बरम क्रिकेट रंगशालामा क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआत ६ ओभरमा एक विकेट गुमाएर ७५ रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनर आशिफ शेख ४८ रनमा खेलिरहेका छन् । सन्दीप जोराले १४ रन जोडका छन् ।
त्यसअघि पभेलियन फर्किएका ओपनर कुशल भुर्तेले १२ रन बनाएका थिए ।
क्यानडाका जसकरन सिंहले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।
यो नेपालको दोस्रो वार्मअप खेल हो । यसअघि नेपालले युनाइटेड अरब इमिरेट्स ९यूएई० विरुद्ध सात विकेटको जित निकालेको थियो ।
विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ ।






