काठमाडौं, २२ पुस २०८२ । नेपाल क्रिकेट संघले भारत र श्रीलंकामा हुने टी-२० विश्वकपको लागि टिम घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी छन्। त्यस्तै टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजबंही, शेर मल्ल र लोकेश बम छन्।






