Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

सामान्य भाषामा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई यौनेच्छा भनिन्छ र यौनसाथी भन्नाले यौनसम्पर्क राखिएको व्यक्ति नै बुझिन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि मानव जीवनको अभिन्न आवश्यकता हो ।

यौनेच्छा मानसिक तथा भावनात्मक व्यग्रतासँग सम्बन्धित छ । अधिक यौनेच्छा तथा कम यौनेच्छा दुवै समस्या नै हो । मस्तिष्कको अगुवाइमा सञ्चालन हुने यौनेच्छाका लागि विभिन्न हार्मोनले महत्वपूर्ण भूमिका खेल्छ, तर मस्तिष्कलाई यौनिक रूपमा सक्रिय बनाउने काम भने कल्पना, स्पर्श (घर्षण), दृश्य, गन्ध, ध्वनि, स्वाद आदि इन्द्रिय उपजले गर्छन् ।

यौन एउटा जटिल प्रक्रियाको क्रियाशिलता हो । मस्तिष्क एवं स्नायु प्रणालीले यौन उत्तेजना तथा यौनाङ्गको क्रियाकलापमा समन्वयकारी भूमिका निर्वाह गर्छ । त्यसो त यौन भावना (परिकल्पना) मस्तिष्कबाटै सुरु हुन्छ । मस्तिष्कमा यौन व्यग्रता संचालित गर्ने भाग छुट्टै हुन्छ ।

यौन भावनालाई समयमै सही तरिकाले व्यवस्थापन गर्ने जिम्मा मस्तिष्ककै हुन्छ । शारीरिक अङ्ग–प्रत्यङ्गको विकाससम्बन्धी समुचित जानकारी दिने तथा मानिसलाई केवल यौनिक कुरामा ध्यान नदिने काम मस्तिष्ककै हो । कतिपय अवस्थामा यौनसम्बन्धी खराब बानी (लत) बाट जोगाउन खेलकुद, व्यायामका साथै रुचिका अन्य विषयमा समय व्यतीत गर्ने तथा यौन साहित्य वा चित्र चलचित्रबाट टाढा रहने कार्यका लागि पनि मस्तिष्कले नै नियन्त्रणकारी भूमिका निर्वाह गर्छ ।

यौन प्रधान इन्द्रियमध्ये छालाको माध्यमबाट स्पर्श र घर्षण महसुस हुन्छ । शरीरका कतिपय अङ्ग वा भाग यौनका दृष्टिले निकै संवेदनशील छन् । त्यहाँ स्पर्श गर्दा यौन उत्तेजना बढ्छ । यस्ता कामोत्तेजक क्षेत्र यौनाङ्गका अतिरिक्त नितम्ब, गुदद्वार, स्तन, तिघ्राको भित्री भाग, काखी, नाभी, गर्दन, कान, ओठ आदि हुन् । यौनसम्पर्क पनि विशेष खालको स्पर्श नै हो । एक अर्काको यौनाङ्गबीचको घर्षणका दौरान स्पर्श नै भैरहेको हुन्छ ।

दृष्टिबाट पनि यौन उत्तेजना बढ्छ । तुलनात्मक रूपमा पुरुषहरूले दृष्टिबाट बढी यौन आनन्द प्राप्त गर्छन् । त्यसैले पनि उनीहरू लुकेर भए पनि यौन क्रियाकलाप हेरेर उत्तेजित हुन्छन् । व्यक्तिविशेषको आ–आफ्नै शारीरिक गन्ध हुन्छ । कतिपय अवस्थामा यसले पनि यौन आकर्षणमा सघाउ पुर्‍याउँछ भने कतिपय अवस्थामा वितृष्णा जगाउँछ । यौनको वातावरण तयार गर्ने सिलसिलामा हल्का बास्नादार पफ्र्युम वा धुप वा स्प्रेले मादकता थप्छ ।

यौन क्रियाकलापमा ध्वनिको निकै महत्वपूर्ण भूमिका हुन्छ । यौनकार्यका लागि पशुपन्छीमा त यही नै मुख्य इन्द्रिय हो । यौन कार्यको तयारी, आमन्त्रण, प्रेमालाप, भावना व्यक्त गर्नेदेखि चरम सन्तुष्टिको आवाज सबैमा ध्वनिकै भूमिका हुन्छ । मुखमैथुन तथा चुम्बनको यौनसँग प्रत्यक्ष सम्बन्ध छ भने भोजन वा व्यञ्जनको अप्रत्यक्ष सम्बन्ध छ ।

सेक्स हार्मोन

पुरुष हार्मोनलाई एन्ड्रोजेन भनिन्छ जुन ९५ प्रतिशत अण्डकोषमा तथा बाँकी ५ प्रतिशत एड्रिनल ग्रन्थिबाट उत्पादित हुन्छ । यसको मुख्य अंश टेस्टेस्टेरोनले यौनेच्छा बढाउन प्रभावकारी भूमिका खेल्छ । महिलामा पाइने इस्ट्रोजेन हार्मोनले योनिद्वारको छालामा लचकता ल्याउनुका साथै योनिमार्ग रसिलो बनाई यौन सहायक भूमिका निर्वाह गर्छ । महिलामा पनि टेस्टेस्टेरोनले यौनेच्छा तथा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments