Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

मोरङ, १ जेठ २०७८ । लेटाङ नगरपालिकास्थित त्रिशूली चोकमा एक व्यवसायीको छुरा प्रहार गरी शुक्रबार राति हत्या भएको छ । लेटाङ-३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पुल हाउस र ढुवानी व्यवसाय गर्दै आएका राईलाई लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरी हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दर्जी र लिम्बूलाई इलाका प्रहरी लेटाङले नियन्त्रणमा लिएको उनले बताए ।

पैसाको लेनदेन विषयमा विवाद हुँदा उनीहरुले राईलाई पेटमा छुरा प्रहार गरी घाइते बनाएका थिए । रोमनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा मृत्यु भएको डीएसपी राईले बताए ।

रोमनले सञ्चालन गर्दै आएका ट्याक्टरमा दर्जी र लिम्बूले मजदुरी गर्दै आएको तर लामो समयदेखि मजदुरी नदिएको विषयमा विवाद हुँदा छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए । घट्नाको थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments