Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरादह, १९ माघ २०७७ । गौरादह नगरपालिकामा मेयर कप झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता आज(सोमबार)बाट शुरु भएको छ । जनता माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको खेलमा १३ वटा पालिकाका टीमहरु सहभागी भएका छन् ।

गौरादह खेलकुद विकास समितिको आयोजनमा खेल शुरु भएको हो । झापामा भलिबल खेलाडी उत्पादन गर्न खेल प्रति इच्छा शक्ति भएका खेलमा नै आफ्नो भविश्य बनाउने उद्देश्यले अघि बढेका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।

यस्तै, भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाहले नगरपालिका क्षेत्रभित्र रहेका खेलाडिहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउँनुहुँदै यसले ग्रामिण क्षेत्रमा अझ खेलकुदका गतिविधिहरु ब्ढ्ने र खेलाडीहरुले आउने दिनमा आफ्नो ठाउँ र देशलाई खेलको माध्यमबाट चिनाउन सक्ने बताउनुभयो ।

२२ गते सम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ५१ हजार नगद सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने, उत्कृष्ट ५ विधामा पनि ट्रफीको व्यवस्था गरिएको गौरादह खेलकुद विकास समितिका सचिव निर्मल बास्तोलाले जानकारी दिनुभयो ।

आज भएको पहिलो खेलमा ८ वटा टीमहरु सहभागी भएका छन् जसमा पहिलो खेलमा गौरादहले अर्जुनधारालाई सोझो सेटमा पराजीत गरेको छ, त्यस्तैगरि दोस्रो खेलमा कमलले मेची नगरपालिका सोझो सेटमा पराजीत गरेको छ।

त्यस्तैगरि, तेस्रो खेलमा बिर्तामोडले गौरीगंजलाई सोझो सेटमै पराजीत गरेको छ । चौथो खेलमा दमकले बाह्रदशी लाई सोझो सेटमा पराजित गरेकोे गौरादह खेलकुद विकास समिति सदस्य तारा कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर खेलकुद विकास समिती गौरादहका अध्यक्ष हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

भोलिको पहिलो खेल शिवसताक्षी कन्काइ बिच ठिक १२ बजे, दोस्रो खेल भद्रपुर झापा बिच १ बजे, तेस्रो खेल बिर्तामोड बुद्धशान्ति बिच २ बजे र चौथो खेल गौरादह कमल बिच ३ बजे हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया