Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

गौरादह,साउन २१ । झापाको गौरादह नगरपालिकाको दास्रो ठूलो बजार ग्वालडुब्बा बजारको बस स्टेन व्यवस्थापन र बजार सरसफाई कार्यक्रम ग्वालडुब्बा युवा समूहले सोमबार सम्पन्न गरेको छ ।

ग्वालडुब्बा बजार क्षेत्रलाई केन्द्र बनाएर साबिक जुरोपानी गाविसका युवाहरु स्वतस्फुर्त जुटेरे निरन्तर बिबिध रचनात्मक गतिबिधि गर्दै आएको सो समूहले रक्तदान, बजार सरसफाइ, ट्राफिक नियम सचेतना कार्यक्रम, आयोजना अनुगमन तथा बिबिध चेतनामूुलक र खबरदारीमूलक कार्यक्रमहरु गर्दैरहेको छ ।

सोमबार सम्पन्न सो कार्यक्रममा ग्वालडुब्बा युवा समूहले बजारको फोहर व्यवस्थापनका लागि सरसफाई गर्दै डस्टबिन समेत बितरण गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

प्लास्टिक जन्य खोल, कागज तथा अन्य फोहर वस्तुहरुलाई जहाँपायो त्यहीँ नफाली संकलन गर्न बजार क्षेत्रमा डस्टबिन राखिएको र दुई वटा पक्की रीङ थप गरिएको समूहका अध्यक्ष भोला चक्रवर्तिले बताए ।

पाडाजुगि गौरीगंज सडक खण्डको ग्वालडुब्बा बस स्टेनमा पार्किङ क्षेत्र छुट्याउन सडकमा ड्रम राखिएको छ । बजार क्षेत्रमा बस स्टेन रहेको र अन्य दिनको तुलनामा हाटको दिन मंगलबार र सुक्रबार अत्यधिक भिडभाड हुने भएकाले दुर्घटनाको जोखिम घटाउन ड्रमले सिमांकनको व्यवस्था गरि बस स्टेन क्षेत्रलाई निश्चित गरिएको समूहका सचिव दिपक माझी ले बताए ।

समूहले ग्वालडुब्बा बजारमा औपचारिक कार्यक्रम गरि ४ वटा ड्रम र फोहर संकलनका लागि ४० वटा टिनका डस्टबिन राखेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजका प्रमुख गोकुल आचार्यले दुर्घटना न्यूनिकरण गरी जनधनको क्षती हुनबाट जोगाउन सबैको जिम्मेवारी भएकाले यस्तो कार्यमा ट्राफीक प्रहरीलाई सहयोग गर्न आग्रह गरे। त्यस अवसरमा समाजसेवि अरुण शाह, भरत निरौला, होम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन लिला न्यौपानेले गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments