Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,  ३०  असोज ।  गौरादहमा संचालन भईरहेको जिल्ला अन्तर पालिका मेयर कप पुरुष भलिबल प्रतियोगितामा बिहिबार क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन । खेलकुद बिकास समिति गौरादहले आयोजना गरेको खेलमा दमक,गौरादह,कमल र बिर्तामाड सेमिफाईनलमा प्रवेश गरेका छन।

बिहिबार सम्पन्न क्वाटर फाईनल खेलमा दमक नगरपालिकाले कन्काई नगरपालिकालाई २७-२५ र २५-१४ को सोझो सेटमा, कमल गाउँपालिकाले शिव सतासीलाई २५-२३ र २५-१९ को सोझो सेटमा, बिर्तामोडले झापा गाउपालिकालाई २४-२६, २७-२५ र २५-२३ को सेटमा पराजित गरेको छ।

शुक्रबार गौरादह नगरपालिका र कमल गाउँपालिका, बिर्तामोड र दमक नगरपालिका बिच सेमिफाइनल खेल हुने आयोजकका सचिब निर्मल बाँस्तोलाले जानकारी गराए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments