Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं,  २८  असोज  ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तान पारसले कप्तानी पद छाडेका हुन् ।

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन उनले राजिनामा दिएका हुन् ।

‘मैले मेरो कप्तान पदबाट राजिनामा दिने निर्णय गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन्। साथै आईसीसीले क्यानलाई फुकुवा गरेकोमा खुसी व्यक्त गर्दै नयाँ समितिलाई नेपाली क्रिकेटको विकासमा राम्रो काम गर्न शुभमकामना समेत दिएका छन्।

नेपाली क्रिकेटका सफल खड्काले सन् २००९ बाट कप्तानी सम्हालेका थिए। पारसकै कप्तानीमा नेपालले सन २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको थियो। उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments