Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह,  १६  असार  ।  खेलको माध्यमबाट बौद्धिक क्षमताको वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरको चेस प्रतियोगिता शुरु गरिएको छ । गौरादह ९ को बैगुन्धुरामा अमर माविको प्राङ्गढमा सञ्चालन गरिएको प्रतियोगितामा मुलुक भित्रका ५८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो दिन पहिलो चरणका २९ खेल सम्पन्न भएका छन् । बैगुन्धुरा खेलकुद व्यवस्थापन उपभोक्ता समितिले आयोजना गरेको खेल १९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता व्यक्तिले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १२ हजार सहित १० औं स्थान सम्मले नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले नगरपालिका भित्र रहेका बौद्धिक स्तरका खेलाडीहरुलाई राष्ट्रिय स्तरका खेलाडीहरु सँग प्रतिस्पर्धा गराई नगरभित्र रहेका खेलाडीहरुलाई उच्च स्तरको खेलमा सहभागी भई अवसर प्रदान गर्न चेस प्रतियोगितको आयोजना गरिएको जानकारी गराए ।

आयोजक समितिका अध्यक्ष नगेन्द्र बहादुर बस्नेतको सभापतित्वमा उदघाटन कार्यक्रम गरिएको थियो । त्यसअवसरमा वडा नंं. ९ का वडाध्यक्ष सिताराम भट्टराई, अमर माविका प्रधानाध्यापक गोपाल प्रसाद पोखरेल, समाजसेवी चन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सदस्य ऋषि कुमार उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव राजकुमार बान्तवाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments