Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, १३ जेठ ।  गौरादहमा प्रदेश स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । गौरादह नगर वार्ड नं. १, २ र ३ को संयुक्त आयोजनामा भएको खेलमा ३२ टिमको सहभागीता रहेको छ । सामुदायिक भवनमा सञ्चालन भएको खेलमा पहिलो दिन १० वटा टिमले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

सोमवार विहान गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले खेलको उद्घाटन गरेका थिए । त्यस अवसरमा दमक नगरपालिका र गौरादह नगरपालिकाका जनप्रतिनिधीहरु विच भएको मैत्रीपुर्ण उद्घाटन खेलमा दमक नगरपालिकाका जनप्रतिनिधी विजय भएका थिए ।

१५ गते सम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद ४१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले १५ हजार हात पार्ने खेल समितिका संयोजक पुण्य सिग्देलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments