Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

एजेन्सी, २६ चैत्र । वाटफोर्ड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा वाटफोर्डले अतिरिक्त समयमा वल्भ्सलाई ३–२ गोलले हराउँदै वाटफोर्डले फाइनलमा स्थान बनाएको हो ।

खेलमा वल्भ्सले सुरुवाती अग्रता लिएको थियो । जाभिएर डोहर्टिले ३६ औं मिनेटमा गोल गर्दै वल्भ्सलाई अगाडि बढाए । ६२ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको वल्भ्स अन्तिम समयमा सम्हिलन सकेन ।

खेल सकिन ११ मिनेट बाँकी छन्दा जेरार्ड डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफको इन्जुरी समयमा ट्रोय डिनीले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा धकलिएको खेलमा वाटफोर्डले १०४ औं मिनेटमा निर्णायक गोल गर्यो ।

जेरार्ड डेउलोफेउले व्यक्तिगत दोस्रो गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्याएका थिए । वाटफोर्ड सन् १९८४ पनि पहिलो पटक एफए कपको फाइनलमा पुगेको हो । उपाधिका लागि वाटफोर्डले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया