Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडाैं , १४ चैत्र । लगानी सम्मेलनको सबै तयारी पूरा भएको छ । सरकारले लगानी सम्मेलनका क्रममा पूर्व तयारी गरेका १२ वटा आयोजनामा एमओयु गर्ने भएको छ ।

चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा सहभागी जनाउने लगानीकर्तासँग पूर्व निर्धारित विकास साझेदारीका योजनामा हस्ताक्षर गर्नेभएको हो । लगानी सम्मेलनको पूर्व सन्ध्यामा अर्थ मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुनेछ ।

स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श हुने जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन गर्नु हुने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ ।

सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीस्को अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीर्कताहरुको लगानी सम्बन्धी अनुभव सहति सातवटा विषयगत सत्रहरु संचालना हुनेछन् । यस्तै, सम्मेलनको दोरुो दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन गरिने मन्त्रीको भनाइ छ ।

यता, निजी क्षेत्रले समेत सम्मलेनमा सहभागी जनाउनुका साथै सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा साथ दिने निजी क्षेत्रको भनाइ छ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्वन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्वन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डाले उपस्थिति जनाउनेछन् ।

यस्तै, अन्तराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्वन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्वन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर, यूनिलिभर लगायतका कम्पनीका प्रतिनिधिले सहभागिता जनाउनेछन् । २०४६ सालको परीवर्तनपछि २०४७ सलामा पहिलो लगानी सम्मेलन भएको थियो भने २०७२ को भूकम्प पछि २०७३ सालमा अर्को लगानी सम्मेलन गरेर सरकारले लगानी भित्र्याउने प्रयास गरेको थियो ।न्यूज२४

तपाईको प्रतिक्रिया