Online Bichar
आइतबार, जेठ २१, २०८० | Sunday, June 4, 2023

काठमाडौं, ४ चैत । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।

समिति सभापति कल्याणी खड्काले समिति सदस्यहरू निर्धारित समयभन्दा ढिला आएकाले बैठक भोलिसम्मका लागि स्थगित गरेकी हुन्।

सदस्यहरूले कार्यव्यस्तता नहेरी बैठक राखिएको कोइ आउने, कोइ नआउने प्रवृति दर्शाएको भन्दै असन्तुष्टि पोखेका थिए।

बैठक ११: ३० बजे डाकिएको थियो तर १२: ३० बज्दा पनि मन्त्री उपस्थित नभएको भन्दै सभापतिले आपत्ति जनाएकी थिइन्।

उपस्थित भएपछि पनि सदस्यहरू होहल्ला गर्नमै व्यस्त भएपछि सभापतिले भोलिसम्मका लागि बैठक सारेकी हुन्।

तपाईको प्रतिक्रिया