Online Bichar
शनिबार, आश्विन १०, २०८३ | Saturday, September 26, 2026

विराटनगर, ९ असोज २०८३ । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।

कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।

कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवहाक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया